भोटखोलाका ४ मतदान केन्द्रका मतपेटिका हेलिकप्टरबाट ल्याईने

मंसिर ५, २०७९ | संखुवासभा

संखुवासभाको दुर्गम भोटखोला गाउँपालिकाका ४ वटा मतदान केन्द्रका मतपेटिका हेलिकप्टरबाट ल्याइने भएको छ । ३ दिनसम्म पैदल मार्ग हुँदै मतपत्र ल्याउनुपर्ने भएपछि चीनको सिमावर्ती किमाथांका, थुदाम, रिदाक र गौथला मतदान केन्द्रका मतपेटिका सेनाको हेलिकप्टरबाट आज सोमबार ल्याउन लागिएको हो । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १ सय ६४ मतदान केन्द्रमध्ये १ सय ५ केन्द्रको मतपेटिका सदरमुकाम खाादबारीमा संकलन भइसकेको छ । 

सबै मतदान केन्द्रको मतपेटिका आइसकेपछि मतगणना आजैबाट गरिनेछ । संखुवासभामा करीब ५५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । संखुवासभामा १ लाख १७ हजार ५ सय ५४ मतदाता रहेका छन् ।


प्रतिक्रिया