पूर्वी नवलपरासीमा मतगणना सुरु

मंसिर ५, २०७९ | पूर्वी नवलपरासी

पूर्वी नवलपरासीको निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृत कमलराज पन्थीका अनुसार कावासोतीस्थित कुमारवर्ति क्याम्पस भवनमा अहिले गणना सुरु भएको हो । मतगणनाको कामलाई तीव्रता दिन ६ ठाउँमा एकै पटक मतगणना सुरु भएको छ । 

क्षेत्र नम्बर २ मा कुल मतदाता १ लाख २९ हजार २ सय ८० मतदाता छन् । त्यहाँ ८५ हजार ३ सय ९९ मत खसेको हो । ढिलोमा बुधबार रातिसम्म त्यहाँको मतपरिणाम सार्वजनिक हुनसक्ने अनुमान गरिएको छ । प्रत्यक्षतर्फको (प्रतिनिधि सभा र प्रदेश सभा) गणना सुरुमा गरिने र त्यो सकिएपछि समानुपातिक मत गणना हुनेछ । 

क्षेत्र नम्बर १ को देबचुलीको एउटा बुथमा अहिले निर्वाचन भईरहेकाले सोमबार साँझ ६ बजेबाट गणना सुरु हुने प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो । मतगणना हुने सदरमुकाम कावासोतीस्थित कुमारवर्ति क्याम्पसमा सुरक्षा ब्यबस्था कडा पारिएको छ ।


प्रतिक्रिया