माओवादीले सिन्धुलीबाट खाता खोल्यो, लेखनाथ दाहाल विजयी

मंसिर ७, २०७९ | सिन्धुली

सिन्धुली क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका लेखनाथ दाहाल निर्वाचित हुनु भएको छ । नेकपा एमालेका मनोजजंग थापालाई ५ हजार ८०३ मतान्तरले पराजित गर्दै माओवादीका दाहाल प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको हो । 

दाहालले २७ हजार ५ सय १७ मत प्राप्त गरी विजयी हुनु भएको निर्वाचन आयोगले जनाएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका थापाले २१ हजार ६ सय ८७ मत प्राप्त गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका अनोज कुमार दाहालले एक हजार ५ सय ५३ मत प्राप्त गर्नुभयो ।

गत आइतबार सम्पन्न निर्वाचनमा क्षेत्र नं २ मा ५६ हजार ६ सय ३३ मत खसेको थियो । सो क्षेत्रमा एक लाख एक हजार २ सय ३३ मतदाता छन् । 

यसअघि क्षेत्र नं २ को (१) मा कांग्रेसका छेत्र वम्जन र (२) मा माओवादी केन्द्रका गंगा नारायण श्रेष्ठ विजयी हुनु भएको थियो । क्षेत्र नं १ मा कांग्रेसका श्यामकुमार घिमिरेको अग्रता छ भने दोस्रोमा एमालेका प्रदिप कटुवाल छन् । 


प्रतिक्रिया