दार्चुला १ (१) मा कांग्रेसका धामी विजयी

मंसिर ७, २०७९ | दार्चुला

दार्चुलाको निर्वाचन क्षेत्र १ (१) मा नेपाली कांग्रेसका विक्रमसिह धामी निर्वाचित हुनु भएको छ । नेकपा एमालेका उम्मेदवार हरदेव जोशीलाई एक हजार ६ सय ७६ मतान्तरले पराजित गर्दै धामी प्रदेश सभा सदस्यमा विजयी हुनु भएको हो । 

निर्वाचन आयोगका अनुसार गठबन्धनबाट कांग्रेसका उम्मेदवार धामीले १५ हजार १ सय २७ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका जोशीले १३ हजार ४५१ मत प्राप्त गर्नुभयो ।


प्रतिक्रिया