कञ्चनपुर ३ (२) मा कांग्रेसका राना विजयी

मंसिर ८, २०७९ | कञ्चनपुर

कञ्चनपुुरको निर्वाचन क्षेत्र नं.३ (२) मा नेपाली कांग्रेसका बेल बहादुर राना विजयी हुनु भएको छ । नेकपा एमालेका सुरेन्द्र विष्टलाई ५ हजार ६ सय ४ मतान्तरले पराजित गर्दै कांग्रेसका राना प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको हो ।

 वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार रानाले १६ हजार १५२ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका विष्टले १० हजार ५४८ मत प्राप्त गर्नुभयो । 

क्षेत्र नं. ३ (२) मा ३० हजार ६६४ मत खसेको थियो । ती मध्ये १३ सय ८३ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 


प्रतिक्रिया