राप्रपा अध्यक्ष लिङदेन विजयी

मंसिर ८, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन झापाको क्षेत्र नं ३ बाट विजयी हुनु भएको छ ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई फराकिलो मतान्तरले पराजित गर्दै लिङदेन प्रतिनिधिसभा सदस्य पदमा विजयी हुनुभएको हो । 

अध्यक्ष लिङ्देनले ४० हजार ६ सय ४८ मत हासिल गर्दा सिटौलाको ३७ हजार ३ सय ७२ मत प्राप्त गर्नुभयो । 


प्रतिक्रिया