सिरहा १ मा एमालेका यादव निर्वाचित

मंसिर ८, २०७९

सिरहा क्षेत्र नं १ को प्रतिनिधी सभा सदस्यमा एमालेका रामशंकर यादव निर्वाचित हुनु भएको छ । सत्तारुढ गठबन्धनका उम्मेदवार कांग्रेसका पदम नारायण चौधरीलाई पराजित गर्दै यादव निर्वाचित हुनु भएको हो । 

यादवले निकटतम प्रतिष्पर्धी चौधरीलाई २ हजार ८३ मतान्तरले पराजित गर्नुभयो । यादवले २९ हजार ४ सय ६२ मत पाएर विजयी हुँदा चौधरीले २७ हजार ३ सय ७९ मत प्राप्त गर्नुभयो । 


प्रतिक्रिया