पछिल्लो मतपरिणाम अनुसार ५ महिला उम्मेदवार विजयी

मंसिर ८, २०७९ | काठमाडौं

अन्तिम मतपरिणाममध्ये विभिन्न दलबाट ५ जना महिला उम्मेद्वार विजयी भएका छन् । कैलाली क्षेत्र १ मा कांग्रेसका रामजनम चौधरीलाई १२ हजार मतान्तरले हराउदै नागरिक उन्मुक्ति पार्टीकी रन्जिता श्रेष्ठ निर्वाचित हुनुभएको छ । चौधरीले ३० हजार ४ सय ४ मत ल्याउनुभयो ।

दाङको निर्वाचन क्षेत्र २ मा एमालेका महासचिव शंकर पोखरेललाई २ सय भन्दा कम मतान्तरले हराउदै माओवादी केन्द्रकी रेखा शर्मा विजयी हुनुभएको छ । माओवादीकी शर्माले २६ हजार ७ सय ७७ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्धन्दी एमालेका पोखरेलले २६ हजार ६ सय ८१ मत ल्याएर दोस्रो हुनुभयो ।

कास्की क्षेत्र २ मा एमालेकी विद्या भट्टराई निर्वाचित हुनुभएको छ । भट्टराईले निकटतम प्रतिद्वन्दी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कंडेललाई ४ हजार बढि मतान्तरले हराउदै विजयी हुनुभएको हो । एमालेकी भट्टराईले १६ हजार ९ सय ९८ मत ल्याएर विजयी हुँदा स्वतन्त्र पार्टीका कंडेलले १२ हजार ४ सय ९५ मत ल्याएर दोस्रो हुनुभयो ।

यसैगरी स्थापित दलका उम्मेद्वारहरुलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारहरुले धक्का दिएका छन् । ललितपुर क्षेत्र ३ मा एमालेका अमृत खड्कालाई दोब्बर मतान्तरले हराउदै राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी हुनुभएको छ । काठमाडौं क्षेत्र २ मा एमालेका मणिराम फुयाललाई हराउदै राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी हुनुभएको छ ।

यस्तै, काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोविता गौतम निर्वाचित हुनुभएको हो । बुधबार विहान सकिएको मत गणनामा गौतम १५ हजार २ सय २९ मतका साथ निर्वाचित हुनु भएको हो । उहाँ निकटतम प्रतिद्वन्दी एमालेका मणिराम फुयालले ११ हजार ५ सय ५५ मत प्राप्त गर्नु भएको थियो । 


प्रतिक्रिया