मुगुमा कांग्रेसका ऐनबहादुर शाही विजयी

मंसिर १०, २०७९ | मुगु

एउटा मात्र निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला मुगुबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेस ऐनबहादुर शाही निर्वाचित हुनु भएको छ । नेकपा एमालेका राजबहादुर कार्कीलाई ३ हजार ९ सय ९४ मतान्तरले पराजित गर्दै शाही विजयी हुनु भएको हो । 

मुगुका जिल्ला सभापति समेत रहेका शाहीले १४ हजार ७ सय २ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी कार्कीले १० हजार ७ सय ८ मत प्राप्त गर्नुभयो । मुगुमा ३५ हजार ४ सय ८५ मतदाता रहेकोमा २६ हजार ६ सय १५ मत खसेको थियो । 

गत असोजमा सम्पन्न कांग्रेसको ९ औं जिल्ला अधिवेशनबाट शाही जिल्ला सभापतिमा निर्वाचित हुनु भएको थियो । २०७४ को निर्वाचनमा नेकपा एमालेका गोपाल बहादुर कम १३ हजार ३४ मत ल्याएर विजयी हुनुभएको थियो । 

उहाँका प्रतिद्वन्द्वी कांग्रेसका हस्तबहादुर मल्लले ९ हजार ८ सय ६१ मत प्राप्त गर्नु भएको थियो । गत निर्वाचनमा एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गरेका थिए । 


प्रतिक्रिया