रोकिएको मतगणना सुरु गर्न आयोगको निर्देशन

मंसिर १२, २०७९ | उदयपुर

दुई दिनयता रोकिएको उदयपुर क्षेत्र नम्बर–१ को मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिदै आयोगले मतगणना पूर्व भएको सहमतिका आधारमा गणना कार्यलाई निरन्तरता दिन भनेको छ । 

आयोगको निर्देशनपछि अहिले सर्बदलीय बैठक बसिरहेको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले बताउनुभयो । हिजो प्रत्यक्षतर्फ मतगणनाको क्रममा १० वटा ब्यालेट बक्समा उदयपुर १ (२) प्रदेश सभाको १ सय मतपत्र भेटिएकाले गणना रोकिएको थियो । ६३ हजार ८० मत गणना भइसकेपछि थप गणनाको लागि १० वटा बक्स खोलिएको हो ।

 त्यसैक्रममा प्रदेश २ को २ सय मतपत्र भेटिएपछि दलहरुले गणना रोक्न माग गर्दै अवरुद्ध गरेका थिए । गणना भइसकेकोमा काग्रेसका डा.नारायण खड्काले १ हजार ८ सय २५ मतले अग्रता लिनुभएको छ । डाक्टर खड्काले २७ हजार ४ सय ८४ मत प्राप्त गर्नुभएको छ । एमालेकी मन्जु कुमारी चौधरीले २५ हजार ६ सय ५९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।


प्रतिक्रिया