धनुषा ४ मा एमालेका महासेठ विजयी

मंसिर १३, २०७९ | धनुषा

प्रतिनिधि सभा सदस्य निर्वाचनमा धनुषाको निर्वाचन क्षेत्र नम्बर–४ मा नेकपा एमालेका रघुवीर महासेठ विजयी हुनु भएको छ । महासेठ ३२ हजार २ सय ३६ मतका साथ विजयी हुनु भएको हो । 

उहाँले निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १ सय २४ मतान्तरले पराजित गर्नुभयो । पराजित महेन्द्र यादवले ३२ हजार १ सय १२ मत प्राप्त गर्नुभयो । महासेठ यसअघि पनि धनुषाबाटै विजयी हुनु भएको थियो ।

यसअघि धनुषा–३ बाट निर्वाचित महासेठले यसपटक भने धनुषा ४ बाट चुनाव लड्नु भएको हो । योसँगै नेकपा एमालेले जितेको क्षेत्रको संख्या ४३ पुगेको छ । काँग्रेसले ५२ मा जित र २ स्थानमा अग्रता बनाएको छ । एमालेले १ स्थानमा अग्रता कायम राखेको छ ।  


प्रतिक्रिया