कांग्रेसद्धारा निर्वाचन आयोगको ध्यानाकर्षण

मंसिर १३, २०७९ | काठमाडौं

पुर्वाग्रही नभइ मतगणना रोकिएका स्थानमा तत्काल गणना शुरु गर्न कांग्रेसले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति धनराज गुरुङ, प्रदिप पौडेल लगायत नेताहरुले प्रमुख निर्वाचन आयुक्तलाई भेट्दै स्याङ्जा क्षेत्र नं.२ मा मतगणना सुरु गर्न माग गर्नुभयो । 

चापाकोट नगरपालिका अन्तर्गत रहेका ४ बुथमा कांग्रेसले धाँधली गरेको भन्दै एमालेले पुन:मतदानको माग गरेपछि त्यहाँ मतगणना सुरु हुन सकेको छैन । स्याङ्जा क्षेत्र नं.२ मा कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सचिव पद्माकुमारी अर्यालबीच मुख्य प्रतिस्पर्धा रहेको छ ।

 नेता प्रदीप पौडेलले धाँधली भनिएको क्षेत्रमा आयोगले निरिक्षण गरेकाले तत्काल आवश्यक कानुन अनुसार अघि बढ्न ध्यानाकर्षण गराएको बताउनुभयो । कांग्रेसले अन्य स्थानमा मतगणनामा भई रहेको ढिलाइप्रति आयोग गम्भीर हुन आग्रह गरेको छ । 


प्रतिक्रिया