सुनसरी ३ मा भगवती चौधरी निर्वाचित

मंसिर १३, २०७९ | काठमाडौं

प्रतिनिधिसभाको सुनसरी क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरी निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनका उम्मेदवार एवं कांग्रेस नेता विजयकुमार गच्छदारलाई ५ हजार १ सय ८८ मतान्तरले पराजित गर्दै चौधरी विजयी हुनुभएको हो । चौधरीले ४० हजार ७ सय ८८ मत प्राप्त गर्नुभएको छ । 

पूर्व उपप्रधानमन्त्री समेत रहेका गच्छदारले ३५ हजार ६ सय मत प्राप्त गर्नुभयो । यसअघि २०७४ सालको निर्वाचनमा गच्छदारले चौधरीलाई ३ सय ८१ मतले पराजित गर्नुभएको थियो । गच्छदारले त्यसबेला ३८ हजार ९७२ मत प्राप्त गर्नुभएको थियो । 


प्रतिक्रिया