सडक क्षेत्रका अनधिकृत संरचना हटाउन निर्देशन

मंसिर १६, २०७९ | तिलोत्तमा

रुपन्देहीको रोहिणी गाउँपालिकाले सडक क्षेत्रका अनधिकृत संरचना हटाउन निर्देशन दिएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै एक साताभित्र सडक क्षेत्रका अनधिकृत संरचना हटाउन निर्देशन दिएको हो । 

कार्यपालिकाको बैठकको निर्णय पश्चात सूचना जारी गर्दै गाउँपालिका क्षेत्रभित्रका सडकमा सामान राख्ने, सडक अतिक्रमण गरी संरचना बनाउने गरेको पाइएकाले ती संरचना हटाउन भनेको प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले बताउनुभयो । 

गाउँ कार्यपालिकाको यही मंसिर १४ गतेको बैठकमा निर्णय भएकाले सूचना जारी भएको मितिले सात दिनभित्र यस्ता वस्तु तथा अतिक्रमण गरी बनाइएको संरचना हटाउन निर्देशन दिएको हो । निर्देशनको अवज्ञा गर्नेलाई आवश्यक कारबाही गरिने सूचनामा उल्लेख छ ।


प्रतिक्रिया