शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बस दिने

मंसिर १६, २०७९

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले समायोजन भएर बनेका ठुला विद्यालयलाई बस उपलब्ध गराउने भएको छ । बार्षिक कार्यक्रम अनुसार केन्द्रले १५ दिन भित्र प्रस्ताव पेश गर्न आज सूचना जारी गरेको छ । 

केन्द्रको विद्यालय शिक्षा मापदण्ड शाखाका निर्देशक गणेश प्रसाद पौडेलले रेडियो कान्त्पिुरसंग कुरा गर्दै २१ वटा बस अनुदानमा दिन सकिने बताउनुभयो । सो कार्यक्रममा लागि केन्द्रले २ वा दुई भन्दा बढी विद्यालय समायोजन भएको , कक्षा १२ सम्म सञ्चालन भएको लगायत मापदण्ड तोकेको छ । 

यस्तै सो अनुदानका लागि प्स्ताव पेश गर्ने तराईका विद्यालयमा १८ सय, पहाडका विद्यालयमा १२ सय र हिमालका विद्यालयमा ६ सय विद्यार्थी अध्ययनरत हुनुपर्नेछ । 


प्रतिक्रिया