बर्दियामा चितुवाको आक्रमणबाट एक महिला घाइते

पुस १०, २०७९ | बर्दिया

बर्दियाको गुलरिया नगरपालिका—४ स्थित कृष्णसार संरक्षण क्षेत्र संग जोडिएको सामूदायिक वनमा चितुवाको आक्रमणमा परि एक महिलाको घाइते घाइते भएकी छन् । 

घाँस काट्न पुगेकी सोही वडा तुलसीपुरकी ५२ वर्षिया सरला आचार्य खत्रीलाई चितुवाले आइतवार अपराह्न्न आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना अधिकारी एंव डिएसपी हिक्मत बहादुर बोहोराले बताउनुभयो ।

खत्रीको टाउको र गर्धनमा चितुवाले आक्रमण गरेको छ । गुलरिया स्थित जिल्ला अस्पतालमा उनको उपचार भई रहेको डिएसपी बोहोराले जानकारी दिनुभयो । केही दिन यता सदरमुकाम आसपासका सामूदायिक वनमा चितुवाको संख्या बढ्दै गएको छ । 

विशेष गरि सन्तोषी सामूदायिक वन, भारतीय कतरनियाघाट वन्यजन्तु आरक्षबाट चितुवा बाहिर निस्कने गरेको स्थानीयको भनाई छ । दुई वर्ष अघि सन्तोषी सामूदायिक वनबाट निस्केको चितुवाले गुलरिया—५ का चन्द्रकान्त पौडेलले पालेको २८ वटा बाख्रा मारेको थियो । 


प्रतिक्रिया