‘शिक्षकबाटै १४ बर्षिय बालक निरजको अपहरण र हत्या’

पुस १३, २०७९

मंसिर ५ गते अपहरित वीरगन्ज–२५ सिर्सिया खल्वाटोलाका १४ बर्षिय बालक निरज कुमार पासवानको अपहरण पछि हत्या उनकै विद्यालयका भाइस प्रिन्सिपल दिलिप प्रसाद पटेल सहितको समुहले गरेको प्रहरीले दाबी गरेको छ । प्रहरीले निरजको हत्या आरोपमा पर्सा धोबिनी गाउपालिका–१ का ३० बर्षिय दिपिल प्रसाद पटेल र वीरगन्ज–१७ अलौका २४ बर्षिय कृष्णा भन्ने श्याम प्रसाद यादवलाई बुधबार सार्वजनिक गरेको छ । 

दिलिप निरज पढ्ने गुरुकुल पन्ना मेमोरियल इङ्गलिश स्कुलका गणित बिषयका शिक्षक र भाइस प्रिन्सिपल समेत हुन् । कक्षा ८ मा अध्ययनरत बालक निरज मंसिर ५ गते दिउसो २ बजे अपहरणमा परेका थिए । निरजको शव पुस १० गते साँझ ५ बजे वीरगन्ज–२५ सिर्सिया खल्वाटोल स्थित गुरूकुल पन्ना मेमोरियल स्कुलको पुरानो भवन अगाडि सेफ्टी ट्यांकी भित्रबाट प्रहरीले सडेगलेको अवस्थामा बरामद भएको थियो । 

मृतक बालकको पहिचान उनको कपडाबाट भएको थियो । अपहरण पछि आरोपिहरुले अपहरित बालक निरज कुमार पासवानलाई हात खुट्टा तथा मुखमा पट्टी बाँधी राखेका थिए । बालकले सोही दिन आफूलाई बाँधिएको डोरी फुकाइ भाग्न खोज्दा अपहरणकारीले आफ्नो पहिचान खुल्न सक्ने डरले बालकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपि दीपक गिरीले बताउनुभयो । बालकका बुवा श्रीराम हजरा दुसादसंग अपहरणकारीले टेलिफोनबाट फिरौती माग गरेपनि फिरौती भने लिन नपाएको डीएसपी गिरीले बताउनुभयो । 


प्रतिक्रिया