सुदूरपश्चिम प्रदेशसभा सांसदले लिए शपथ

पुस १५, २०७९ | धनगढी

सुदूरपश्चिम प्रदेशसभा सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् । कैलालीको धनगढीस्थित प्रदेश सभाको हलमा ज्येष्ठ सदस्यको रुपमा मान बहादुर रावलले आजै प्रदेश प्रमुख देवराज जोशीसँग शपथ लिनु भएको थियो । 

प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले प्रदेश सभाका अन्य ५२ सांसदलाई शपथ गराउनु भएको हो । ४६ जनाले नेपाली भाषा र ६ जनाले आफ्नो मातृभाषामा शपथ लिएका छन् । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा ३२ प्रत्यक्ष र २१ समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका छन् । 


प्रतिक्रिया