प्रदेश १ मुख्यमन्त्री दावी गर्न आह्वान

पुस १७, २०७९ | मोरङ

प्रदेश १ का प्रमुख परशुराम खापुङले प्रदेश मुख्यमन्त्री दावीका लागि आह्वान गर्नुभएको छ । आगामी आइतबारसम्म मुख्यमन्त्रीको दावी पेस गर्न प्रदेश प्रमुख खापुङले ८ दिनको समय दिनुभएको हो ।

 प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठका अनुसार संविधानको प्रावधान बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्क्री नियुत्त गर्ने प्रक्रिया शुरु भएको हो । यसैबीच, प्रदेश १ सभाको पहिलो बैठक आज बस्दैछ ।

यसैबीच, प्रदेश–१ मा एमालेले मुख्यमन्त्रीको दावी प्रस्तुत गर्ने तयारी गरेको छ । एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीले माओवादी केन्द्र, राप्रपा, जनता समाजवादी पार्टी जसपाको समर्थनमा मुख्यमन्त्रीको दावी प्रस्तुत गर्ने बुझीएको छ । प्रदेशमा एमालेका ४०, माओवादी केन्द्रका १४, राप्रपाका ६ र जनता समाजवादीको १ जना सांसद छन् । 


प्रतिक्रिया