अवैध क्रसर बन्द गर्न मोरङमा अनुगमन समिति गठन

पुस २२, २०७९ | मोरङ

मोरङमा अवैध रुपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न जिल्ला समन्वय अधिकारीको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालका अनुसार नवीकरण नगरेका र समयवाधि सकिएपनि सञ्चालनमा रहेका क्रसर उद्योगलाई तत्काल बन्द गर्ने कार्यदेशसहित समिति गठन गरिएको हो ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय सुर्खेतले मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै जिल्लाभित्र अवैध रुपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको हो ।

प्रशासनले प्रचलित कानून र मापदण्ड विपरीत अनुमति नलिई, दर्ता तथा नवीकरण नगरी सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको हो । 


प्रतिक्रिया