मुगुको सोरुमा सामाजिक सुरक्षा भत्ता वितरण

पुस २३, २०७९ | मुगु

मुगुको सोरु गाउापालिकाले करिव ६ महिनापछि सामाजिक सुरक्षा भत्ता निकासा गरि जेष्ठ नागरिकको बैंक खातामा जम्मा गर्ने काम सुरु गरेको छ । चौमासिक रुपमा सामाजिक सुरक्षा भत्ता निकासा गरि जेष्ठ नागरिकको बैंक खातामा जम्मा गर्नुपर्ने नियम भए पनि पालिकामा लेखा पाल अभावका कारण ६ महिनापछि सामाजिक सुरक्षा भत्ता निकासा गर्नु पर्ने अवस्थाले गर्दा जेष्ठ नागरिक मर्कामा परेका छन ।

समयमा जेष्ठ नागरिकले भत्ता नपाउदा औषधि उपचार न्यानो कपडा र पोसिलो खाने कुरा किन्न जुत्ता चप्पल खरिद गर्न बाट बञ्चित हुने गरेका छन । लेखापालको समस्याले चौमासिक रुपमा सामाजिक सुरक्षा भत्ता निकासा गर्न नसकिएको पालिकाका उपाध्यक्ष केशर बहादुर शाहीले बताउनुभयो । लेखापाल जेठबहादुर बुढा आएपछि पालिकाको आर्थिक काम सुरुवात भएको उहाँको भनाई छ ।

वडा नं.–१ देखि ४ सम्मका जेष्ठ नागरिकको भत्ता निकासाको लागि कोष तथा लेखा नियन्त्रण कार्यालयमा पठाइ सकिएको र बााकी ६ वडाहरुको जेष्ठ नागरिक भत्ता निकासा प्रकृया अघि बढाइएको उपाध्यक्षले जानकारी दिनुभयो ।

पालिकामा कार्यरत लेखापाल जेठबहादुर बुढा गत फागुनदेखि सरुवा भएको र अरु लेखापाल जान नमान्दा वडादेखि पालिकास्तरको आर्थिक कामकाज प्रभावित भएको थियो । मंसिर अन्तिम साताबाट बुढाको काजफिर्ता भई पुन सोरु गाउापालिकामा हाजिर भएपछि कामकाज अघि बढ्न थालेको छ । 


प्रतिक्रिया