धनकुटाको सिधुवा बजारमा आगलागी, तीन घर जलेर नष्ट

पुस २९, २०७९

धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिधुवा बजारमा भिषण आगलागी भएको छ । बजारको काउली चोकको मासु पसलबाट बेलुकी करिब ७ बजे सुरु भएको आगलागीले बजारका तीन वटा घर जलेर नष्ट भएका छन् । बजारका अन्य घरमा आगो सल्कन नदिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासी जुटिरहेको स्थानीय रोशन केसीले बताए । मासु पसलको वर्नरबाट आगो सल्किएको प्रहरीले जनाएको छ । यस्तै, तेह्रथुमको बशन्तपुरबाट घटनास्थलमा दमकल पुगिसकेकोले आगो नियन्त्रणको अवस्था रहेको स्थानीय नवनित खड्काले बताए ।

 आगलागीबाट स्थानीय हेम थापा, अर्जुन घिमिरे सहितको घरमा क्षति पुगेको जनाइएको छ । आगो नियन्त्रणको लागि धनकुटाबाट थप प्रहरी घटनास्थल तर्फ गइरहेको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिनुभयो । यसैगरी धनकुटा नगरपालिकाको दमकल समेत परिचालन गरिएको छ । घटनाबाट कुनै मानवीय क्षति भने नभएको एसपी अधिकारीले बताउनुभयो ।  


प्रतिक्रिया