प्रदेश १ को उपसभामुखमा एमालेकी सृजना दनुवार निर्वाचित

पुस ३०, २०७९ | मोरङ

प्रदेश १ को उपसभामुखमा सत्तारुढ एमालेकी सृजना दनुवार निर्वाचित हुनुभएको छ ।

दनुवारलाई उपसभामुखमा निर्वाचित गराउने प्रस्तावको पक्षमा ५७ मत परेको थियो । ९३ सदस्यीय प्रदेशसभामा उपस्थित सभामुख बाहेक ९० प्रदेश सांसदमध्ये ५७ जनाले दनुवारको पक्षमा मत दिएका थिए ।

उहाँको प्रतिस्पर्धी कांग्रेस सांसद लिला राईले ३३ मतमात्रै प्राप्त गर्नुभयो । दनुवारलाई उपसभामुख बनाउने प्रस्ताव बहुमतले पारित भएको सभामुख बाबुराम गौतमले घोषणा गर्नुभएको थियो ।

एमालेकै मिना श्रेष्ठ निर्धारित समयभित्र प्रवेश नगर्दा मत दिनबाट बञ्चित हुनुभयो । केन्द्रकै सत्ता समीकरण अनुसार दलीय भागबण्डामा एमालेले उपसभामुख पाएको हो ।

सभामुखमा यसअघि नै माओवादी केन्द्रका बाबुराम गौतम निर्वाचित भइसक्नुभएको छ ।


प्रतिक्रिया