मुगुमा बन्यो बसपार्क

माघ १, २०७९

राष्ट्रिय सडक सञ्जाल जोडिएको करिव एक दशक पछि मुगुमा बल्ल बसपार्क बनेको छ । लामो समय देखि निर्माण कार्य अधुरो रहेको बसपार्कलाई छायाँनाथ रारा नगरपालिकाले जनश्रदानमार्फत काम पुरा गरि संचालनमा ल्याएको छ । राष्ट्रिय सडक सञ्जालमा जोडिएको एक दशकपछि बसपार्क निर्माण कार्य सकेर संचालनमा ल्याइएको छायाानाथ रारा नगरपालिका प्रमुख बिष्णु कुमार भामले बताउनुभयो । 

बसपार्क बनेपछि अब सडकमा कुनै पनि सवारी साधन पार्किङ गर्न नपाइने उहाँको भनाई छ । कर्णाली राजमार्ग अन्र्तगत गमगढी नाग्मा सडक नेपाली सेनाले निर्माण कार्य पुरा गरि २०६९ सालमा मुगु गमगढी राष्टिय सडक सञ्जालमा जोडिएको छ । जिल्लाबाहिर बाट भित्रिने सवारी साधन र जिल्लामै चल्ने करिव ६० भन्दा बढी सवारी साधन एक दशक सम्म सडकमै पार्किङ्क गर्ने गरिएको थियो । 


प्रतिक्रिया