मुख्यमन्त्री र नागरिक उन्मुक्तिका नेताहरुद्धारा प्रधानमन्त्रीसँग छलफल

माघ ९, २०७९ | धनगढी

सभामुख चयनमै देखिएको खड्कोलाई जेनतेन पार लगाएका सुदुरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहालसंग मुख्यमन्त्री रावल, नागरिक उन्मुक्तिका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीसहितका नेताहरुले भेटघाट गरेका हुन् । भेटमा प्रधानमन्त्रीले रेशमको रिहाइको मागका सन्दर्भमा प्रकृया पुरा गरेर रिहा गर्ने गराउने प्रतिवद्धता गरेको भेटमा सहभागी एक नेताले बताए । नागरिक उन्मुक्ति पार्टीका सांसदको समर्थन नपाएसम्म विश्वासको मत पाउन नसकिने भएकाले रावल काठमाण्डौंलाई केन्द्र बनाएर लविङमा ब्यस्त हुनु भएको छ । नागरिक उन्मुक्तिले संस्थापक नेता रेशम चौधरीको रिहाईको मागलाई ‘बटम लाइन’ भन्दै आएको छ । 

सहभागी एक नेताका अनुसार हाल सदन चलिरहेकाले अध्यादेश ल्याउन नसकिने, विधेयकको बाटो पनि सहज नभएको र न्यायपालिकाको पनि सवाल भएकाले कठिनाई भएपनि रिहाइका लागि हरसम्भव प्रयत्नहरु गर्ने आश्वसान सहभागी नागरिक उन्मुक्तिका नेताहरुलाई दिनुु भयो । पावरसेयरिङका सन्दर्भमा पनि छलफल भएको ती नेताले बताए । त्यस्तै परे प्रदेश प्रमुखसमेत नागरिकलाई दिनेमा पनि छलफल चलेको उनको भनाई छ । नागरिक उन्मुक्तिका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले पनि आजको भेटले आशा जगाएको बताउनुभयो । छलफलपछि एमाले नेताहरु विश्वासको मत पाउनेमा आशावादी देखिएका छन् । 


प्रतिक्रिया