ब्राण्डको भन्दै नक्कली मदिरा उत्पादन गर्ने गिरोह पक्राउ

माघ १५, २०७९ | काठमाडौं

ललितपुरमा विभिन्न ब्राण्डका नक्कली मदिरा बरामद भएको छ । टीकाथलीमा डबल ब्ल्याकदेखि खुकुरी रमसम्म नक्कली उत्पादन हुने गरेको भन्दै प्रहरीले मदिरा बरामत गरेको हो ।

मदिराका बजार प्रतिनिधिले मौज्दात कम हुँदाहुँदै विभिन्न ब्रान्डका मदिरा बजारमा बिक्री भइरहेको भन्ने जानकारीका आधारमा प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले ललितपुरको कुपन्डोलस्थित ‘नेक्स्ट टेस्ट लिक्वेर स्टोर’ बाट विभिन्न ब्रान्डका केही मदिरा बरामत रहेको सो नक्ली भएको प्रमाणीत भएको थियो ।


ब्राण्डेड मदिरा टिकाथलीबाट आउन ल्याउने गरेको जनाएपनि मदिरा डेलिभरी गर्न युवकलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले सो क्षेत्रमा एक टहरामा नक्कली मदिरा बनाइ रहेको स्थानमा छापा मारेको थियो ।

प्रहरीले घटनाका विषयमा अनुसन्धान अघि बढाएको प्रहरी निरिक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिनुभयो । यसैबीच, ५ महिनाअघि पनि काठमाडौं प्रहरीले अन्तर्राष्ट्रिय ब्रान्डका नक्कली मदिरासहित ५ जना पक्राउलाई गरेको थियो । 

प्रहरीले सो स्टोरका सञ्चालक निरज उप्रेतीलाई पक्राउ गरेको छ । उप्रेतीले सस्तोमा पाउने भएकाले सो मदिरा बिक्री गर्ने गरेको स्वीकारेको प्रहरीले जनाएको छ । प्रहरीले उप्रेती सहित स्याङजा गल्याङ नगरपालिका ९ का धर्मी गौडेल र सिन्धुली तीन पाटन २ का गणेश बहादुर रानामगरलाई पक्राउ गरेको जनाएको छ । गौडेल टोखा र रानामगर ललितपुरमै बस्दै आएका थिए ।



प्रतिक्रिया