२० हजार लिटर डिजेल ट्यांकरबाटै चोरी

माघ १५, २०७९ | राजविराज

नेपाल आयल निगमको अमलेखगन्ज डिपो बाट विराटनगरस्थित आयल निगमको डिपोमा लगिदै गरेको तेल टयाङकर नै चोरी गरि २० हजार लिटर डिजेल निकालिएको छ । को १ ख ३६५५ नम्बरको टयाङकर चोरी गरि डिजेल निकालिएको हो ।

अलमेखगन्जवाट विराटनगर जाँदै गरेको सो टयाङकर गएराति पुर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको कंचनरुप नगरपालिका ९ स्थित पेट्रोल पम्पबाट चोरी भएको थियो आज बिहान पुर्व पश्चिम राजमार्ग भन्दा उत्तर शम्भुनाथ नगरपालिका २ खैरबनामा जंगल जाने बाटोमा स्थानीयबासीले बेवारिसे अबस्थामा टयाङकर देखेपछि प्रहरीलाई खवर गरेको थियो ।

रुपनगरस्थित पेट्रोल पम्पवाट टयांकर लगेर डिजेल निकाली बेवारिसे अबस्थामा छोडेर चोरी गर्नेहरु फरार भएको प्रहरीले जनाएको छ । वेवारिसे अबस्थामा फेला परेको टयाङकर अहिले प्रहरी नियन्त्रणमा छ ।

प्रहरीले टयाङकरका चालक सप्तरीको रुपनगर नै घर भएका विनोदकुमार भुजेलसंग सोधपुछ गरिरहेको छ । टयाङकर फेला परेपछि प्रहरीले टयांकरको नम्बरका माध्यमवाट टयाङकर धनीलाई खवर गरि समेत बोलाएको छ । इलाका प्रहरी कार्यालय कंचनपुरका डिएसपी रामकुमार यादबले अनुसन्धान भईरहेको बताउनुभयो । बेवारिसे अबस्थामा रहेको टयाङकर ल्याइएको,टयाङकरको तेल निकाल्ने दुईवटा लक तोडिएको अबस्थामा फेला परेको बताउनुभयो । टयाङकरमा २० हजार लिटर डिजेल रहेको र चोरी गरि लग्नेले सबै निकालेका वा टयाङकर भित्र डिजेल बाँकी रहेको बारे हेर्ने काम भईरहेको बताउनुभयो । 


प्रतिक्रिया