धनुषामा हिरासतबाट ६ जना फरार

माघ १६, २०७९ | धनुषा

धनुषाको सखुवा महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयको हिरासत कक्ष फोडेर ६ जना थुनुवा फरार भएका छन् । आज बिहान २ देखि ४ बजेको बीचमा उनीहरु भागेको प्रहरीले जनाएको छ । 

लागूऔषध कसूरमा अनुसन्धानका लागि हिरासतमा रहेका विनोद कुमार शर्मा, हातहतियारमा अनुसन्धान भईरहेका रोशन महत्तो र शंकर सिंह, तथा अभद्र व्यवहारमा अनुसन्धान भईरहेका अनिल मण्डल, रोशन यादव र हरिदिप सिंह रहेको प्रहरीलाई उद्धत गदै हाम्रा सहकर्मीले जनाएका छन् । 


प्रतिक्रिया