सर्वोच्चको पुर्णपाठ नआउँदासम्म गृहमन्त्रालयको नेतृत्वमा माओवादीले निर्णय नगर्ने

माघ १७, २०७९ | काठमाडौं

माओवादी केन्द्रले सर्वोच्च आदालतको पुर्णपाठ नआउँदासम्म गृहमन्त्रालयको नेतृत्वका विषयमा कुनै निर्णय नगर्ने भएको छ ।

गृहमन्त्रालय आँफै संग राख्नु पर्ने दबाबका बीच पदाधिकारी बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको फैसलाको पुर्णपाठ नआउँदासम्म कुनै निर्णय नगर्ने सहमति भएको पार्टी प्रवक्ता कृष्ण बहादुर महराले बताउनुभयो ।

राष्ट्रपति निर्वाचित र पछिल्लो राजधानी घटनाक्रमका विषयमा थप छलफल गर्न केन्द्रले भोली स्थायी कमिटि बैठक बोलाएको छ ।

आजको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो राजनीतिक घटनाक्रम, सात दलीय गठबन्धनबीच भएका छलफल, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन र गृहमन्त्रालको नेतृत्वका विषयमा धारणा राख्नुभएको नेता हरिबोल गजुरेलले बताउनुभयो ।

पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा अधिकांस नेताहरुले राष्ट्रपति निर्वाचनमा गठबन्धनको भावनाअनुरुप राष्ट्रीय सहमति खोज्नुपर्ने र गृहमन्त्रालय आफैसंग राख्नुपर्ने धारणा राखेका थिए ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विषयका कारण गृहमन्त्री पद खारेजिमा परेपछि सो पद पार्टीभित्रै लिनुपर्ने दवाव बढेको छ ।

अहिले सो पद प्रधानमन्त्री दाहाल मातहतमै रहेकाले अर्को निर्णय नहुदा सम्म पार्टीले नै लिनुपर्ने धारणा बढेपछि अध्यक्ष दाहाल दवावमा पर्नुभएको छ ।

यता, राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री पद आफ्नै पार्टीका लागि दावी गर्दै आएको छ । गृह मन्त्रालय नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतवानी दिएपछि प्रधानमन्त्री थप दवावमा पर्नुभएको छ । 


प्रतिक्रिया