अरुण तेश्रोको सुरुङ भित्र एक जनाको मृत्यू, दुई घाईते

माघ १७, २०७९

संखुवासभामा निर्माणाधिन नौ सय मेगावाटको अरुण तेश्रोको सुरुङ भित्र एक जना कामदारको मृत्यू भएको छ । २ जना घाईते भएका छन् । पावरहाउस स्थल चिचिलाको पुखुवा स्थित सुरुङ भित्र काम गर्ने क्रममा आज सुरुङ भत्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकका २० बर्षीय सूर्य गोले तामाङ रहेका छन् ।

भोजपुरका ५४ बर्षीय भिमबहादुर पाण्डे र सिन्धुपाल्चोकका ३८ बर्षीय मंगल तामाङ घाईते छन् । घाईतेहरुको अवस्था सामान्य छ । मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल खाँदबारी लगिएको हाम्रा सहकर्मीले जनाएका छन् । 


प्रतिक्रिया