राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती विभिन्न कार्यक्रम गरी मनाईयो

रेडियो कान्तिपुर संवाददाता

पुस २७, २०८२ | काठमाडौं

राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाल एकिकरणका अभियन्ता पृथ्वीनारायण शाहको ३ सय ४ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको हो । 

दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सिंहदरबारको पश्चिमद्वारस्थित शाहको सालिकमा पुष्पहार अर्पण गरी उहाँको योगदानको सम्मान गर्नुभएको छ । 

राष्ट्रपति पौडेलले शुभकामना सन्देश दिँदै पृथ्वीनारायण शाहले ससाना टुक्रामा छरिएर रहेका राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपाल राष्ट्रको निर्माणमा महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।

दिवसकै अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले देशको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै राष्ट्रिय सहमतिका साथ अघि बढ्न अपिल गर्नुभएको छ । गणतन्त्र स्थापनासँगै मनाउन छाडिएको राष्ट्रिय एकता दिवस एवम् पृथ्वीजयन्ती पुनः औपचारिक रुपमा मनाउन शुरु भएको हो । 


प्रतिक्रिया