भारतीय दूतावासबाट बनेका पाँच भवनको एकसाथ उद्घाटन

माघ २१, २०७९ | सिन्धुली

सिन्धुलीमा भारत सरकारको सहयोगमा निर्माण सम्पन्न पाँच वटा भवनको एकसाथ उद्घाटन गरिएको छ । कमलामाइ नगरपालिका–१ स्थित चण्डेश्वरी माविमा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दुई वटा विद्यालय र तीन वटा स्वास्थ्य चौकी भवनको उद्घाटन गर्नुभयो । 

भर्खरै निर्माण सम्पन्न भएको तीनपाटन गाउँपालिका–२ को भवानी माविको भवन चण्डेश्वरी माविमै व्यानर राखेर उद्घाटन गरिएको थियो । सो भवन चार करोड १९ लाखको लागतमा निर्माण सम्पन्न भएको जिल्ला समन्वय समितिले जनाएको छ । 

दुई करोड ११ लाखको लागतमा तीन वटा स्वास्थ्य चौकी निर्माण सम्पन्न भएका हुन् । सुनकोसी गाउँपालिकाको दुम्जा र गोलन्जोर गाउँपालिकाको बाशेश्वर र ग्वाल्टारमा स्वास्थ्यचौकी भवन बनेका छन् । 


प्रतिक्रिया