सप्तरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु

फाल्गुन १६, २०७९ | सप्तरी

सप्तरीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । 

पुर्व पश्चिम राजमार्ग अन्तरगत कंचनरुप नगरपालिका ९ विष्णु मन्दिर नजिक बिहान स्कोरपियो र बोलेरो पिक अप एक आपसमा ठोक्किएर दुर्घटना हुदा २ जनाको मृत्यु भएको हो ।

 सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्रकुमार कार्कीका अनुसार पश्चिमवाट पुर्व तर्फ जादै गरेको नम्बरको स्कोरपियो र बिपरित दिशावाट आउदै गरेको घोडा बोकेको बोलेरो पिकअप एक आपसमा ठोक्किएर दुर्घटना हुदा स्कोरपियोमा सवार ४० वर्षिय राजकुमारी चौधरी र सोही स्थानका ४५ वर्षिय हरेराम साह हलुवाईको मृत्यु भएको छ । 

घटनामा स्कोरपियोमा सवार १२ जना घाइते भएका हुन् । घटनामा बोलेरो पिक अपमा रहेको दुईवटा घोडा पनि मरेका छन् । यस्तै गएराती पुर्व पश्चिम राजमार्ग अन्तरगत हनुमाननगर कंकालिनी नगरपालिका ३ पोर्ताहामा भारतीय कारको ठक्करले ३५ वर्षिय पुरुषको मृत्यु भएको छ । उनको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।


प्रतिक्रिया