प्रदेश १ मा नामाकरण प्रस्ताव पेश हुँदै

फाल्गुन १७, २०७९ | मोरङ

प्रदेश १ मा सरकारले प्रदेश नामाकरण सम्वन्धी प्रस्ताव प्रदेशसभामा आज पेश गर्दैछ । मोरङको विराटनगरस्थित प्रदेशसभाको कार्यालयमा दिउँंसो १ बजे बस्ने बैठकमा प्रदेशको नामाकरण सम्वन्धी प्रस्ताव पेश हुने हाम्रा सहकर्मीले जनाएका छन् ।

यसअघी हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नामाकरण सम्बन्धी प्रस्ताव पेश गर्ने सहमति भएको कंग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले जानकारी दिनुभयो । प्रदेश १ को नाम कोशी राख्ने विषयमा दलहरुबीच आन्तरिक सहमति भएको बताईएको छ । प्रदेश १ को नामाकरणका विषयमा पटक पटक विवाद भएपछि प्रदेशसभाको अघिल्लो कार्यकालमा टुङ्गिन सकेको थिएन ।

प्रदेशसभाको वर्तमान कार्यकालमा नामाकरण टुङग्याउने गरि दलहरुबीच छलफल भईरहेको छ । यद्यपी सहमतिको ठोस निर्णय भने भने आईसकेको छैन । नामको विषय टुंगोमा पुर्‍याउने चर्चा हुने वित्तिकै पहिचानको मुद्धालाई लिएर संघर्ष हुन थालेपछि प्रदेशसभामा दबाब बढ्ने गरेको छ ।

प्रदेश नामाकरणको टुङ्गो लगाउन प्रदेशसभालाई दुई तिहाइ मतको आवश्यक पर्छ । ९३ सांसद संख्या रहेको प्रदेशसभामा दुई तिहाइका निम्ति ६३ सांसद आवश्यक पर्नेछ । प्रदेश १ मा एमालेका ४०, कंग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाको ६, एकिकृत समाजवादीको ४ र जसपा १ जना सांसद छन् । 


प्रतिक्रिया