बाबुले गरे २० महिने छोरीको हत्या

फाल्गुन १८, २०७९ | बागलुङ

बागलुङमा २० महिने बालिकाको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । जैमिनी नगरपालिका–४ सर्कुवाका २५ बर्षिय असेरी दिन मियाले आफ्नै छोरी असरा खातुनको हत्या गरेको प्रहरीले जनाएको छ । 

आमा र घरका अन्य सदस्य नभएका बेला बाबुले मदिरा सेवन गरी छोरीको हत्या गरेको प्रारम्भिक अध्ययनमा खुलेको इलाका प्रहरी कार्यालय कुश्मीेसेराले जनाएको छ । पक्राउ परेका मियालाई जिल्ला प्रहरीबाट आएको टोलीले पक्राउ गरि सदरमुकाम लगेको हाम्रा सहकर्मीले जनाएका छन् । 


प्रतिक्रिया