अहिलेको परिस्थितिमा दलहरुबीच राष्ट्रिय सहमति आवश्यक : नेता श्रेष्ठ

फाल्गुन १९, २०७९

उपप्रधानमन्त्री एवं भौतिक योजना तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको परिस्थितिमा दलहरुबीच राष्ट्रिय सहमति आवश्यकता रहेको बताउनुभएको छ । दोलखाको चरिकोटमा आजबाट शुरु भएको दोलखा महोत्सवको उद्धघाटन गर्दै मन्त्री श्रेष्ठले देशको अवस्था जटिल बन्दै गएको भन्दै दलहरुबीच सहमतिको विकल्प नरहेको बताउनुभयो । 

लोकतन्त्र माथि प्रहार भइरहेकोले उपलव्धि जोगाउन दलहरु मिल्नुपर्ने उहाँको भनाइ थियो । फरक प्रसंगमा मन्त्री श्रेष्ठले पूँजीगत खर्च कमजोर अवस्थामा रहेका कारण विकास निर्माणले गति लिन नसकेको बताउनुभयो । देशलाई आर्थिक संकटमा जान नदिन सबै पक्षको सहकार्य आवश्यक भएको उहाँको भनाइ थियो । नौ दिनसम्म चल्ने महोत्वसमा स्थानीय उत्पादन घरेलु हस्तकला प्रदर्शनी लगायतका स्टल राखिएका छन् । 


प्रतिक्रिया