चट्याङबाट जोगाउन अर्थिङ

फाल्गुन २०, २०७९ | लमजुङ

चट्याङबाट सुरक्षित बनाउन लमजुङको बेंसीसहर नगरपालिका–३ गाउँसहर क्षेत्रको थुम्काडाँडा वस्तीमा अर्थिङ टावर निर्माण भएको छ । गाउँको ६ ठाउँमा अर्थिङ टावर राखेर वस्तीलाई चट्याङबाट सुरक्षित बनाइएको बेंसीसहर नगरपालिकाका पूर्व कार्यपालिका सदस्य अजय मजाकोटीले बताउनुभयो । सो क्षेत्र चट्याङको उच्च जोखिम भएकाले सुरक्षाका लागि अर्थिङ टावर राखिएको हो । 

कार्यपालिका सदस्य मजाकोटीले थुम्काडाँडा क्षेत्रका मालुवागाउँ, बानियागाउँ, पुर्काङगाउँ, मौरतीगाउँ, विश्वकर्मा गाउँ र खेताघर टोलमा अर्थिङ टावर राखिएको बताउनुभयो । अर्थिङका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा २ लाख रुपैयाँ बजेट विनियोजन गरेको नगरप्रमुख गुमानसिंह अर्यालले बताउनुभयो । सो टावरबाट ७५ घरका ३ सय बढी स्थानीयसहित भौतिक संरचना र पशुपंक्षी चट्याङबाट सुरक्षित हुने नगरपालिकाको दाबी छ । 


प्रतिक्रिया