सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको सेवा ठप्प

फाल्गुन २९, २०७९ | राजविराज

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको सेवा ठप्प भएको छ । जनप्रतिनिधीहरुले कर्मचारीहरुलाई अभद्र व्यवहार गर्ने गरेको आरोप लगाउदै कर्मचारीहरुले नगरपालिकाको सेवा ठप्प पारेका हुन् ।

जनप्रतिनिधीहरुले सार्वजनिक कार्यक्रममै कर्मचारी असक्षम रहेको भनी टिप्पणी गर्दै उनीहरुको चरित्र हत्या गर्ने तथा कार्यालय समयमा कर्मचारीलाई अभद्र ब्यबहार गर्ने गरेको भन्दै आफुहरु सेवा ठप्प गर्न बाध्य भएको उनीहरु बताउँछन् ।

कर्मचारीमाथि बारम्बार गलत मनसाय राखी उनीहरुको मनोबल गिराउने तथा हतोत्साहित गर्ने कार्य बन्द गर्न उनीहरुले आग्रह गर्दै पाँच बुँदे मागअघि सारेका छन् ।


प्रतिक्रिया