शिक्षामन्त्रीका १६ बुँदे कार्य योजना

रेडियो कान्तिपुर संवाददाता

चैत्र ४, २०७९ | जनकपुर

प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेश यादवले १६ बुँदे कार्य योजना सार्वजनिक गर्नुभएको छ । मन्त्री यादवले मधेश प्रदेशको शिक्षा, विज्ञान तथा वाणिज्य क्षेत्र सुधारका लागि १६ बुँदे कार्य योजना सार्वजनिक गर्नुएभको हो ।

योजनामा प्रादेशिक शिक्षा ऐन जारी गर्ने र प्रदेशलाई पूर्ण साक्षर बनाउने उल्लेख छ । सरोकारवालाको लचकदार व्यवहार, नतिजामुखी नीति, त्रिपक्षीय समन्वय, सिमान्तकृत वर्गका लागि विशेष नीति, दण्ड र पुरस्कारको नीति, शिक्षाविदसँग त्रैमासिक स्कूलिङ तथा आर्थिक मितव्ययिता बारे ठोस योजना बनाउने कार्य योजनामा उल्लेख छ । 


प्रतिक्रिया