सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा चैत २१ मा स्ववियू निर्वाचन हुने

चैत्र ६, २०७९

सुदूरपश्चिम विश्वविद्यालयको कन्द्रीय क्याम्पसमा चैत २१ मा स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन हुने भएको छ । यसअघि चैत ८ मा हुने निर्वाचन स्थगित भएपछि क्याम्पस प्रशासन र दत्र्ता भएका संघ संगठनका प्रतिनिधिबिच चैत २१ मा निर्वाचन गर्ने सहमति भएको हो । विश्वद्यिालयले विद्यार्थी संघ संगठनकै सहमतिमा केन्द्रीय र आंगिक सबै क्याम्पसमा चैत ८ मा स्ववियू निर्वाचन गर्ने निर्णय गरेको थियो ।

केन्द्रीय क्याम्पसमा विद्यार्थी भर्ना सम्बन्धी विवादका कारण निर्धारित मितिमा निर्वाचन हुन सकेको थिएन । केन्द्रीय क्याम्पसका निर्वाचन अधिकृत तोरण भट्टले सबै विद्यार्थी भर्ना हुन नसकेका कारण भर्ना हुने समयका लागि केही विद्यार्थी संगठनले विरोध गरेको र अब भर्ना हुने समय दिएर निर्वाचन गर्ने सहमति भएको जानकारी दिनुभयो । निर्वाचन अधिकृत भट्टका अनुुसार चैत ११ सम्म भर्ना भएका विद्यार्थीलाई निर्वाचनमा सहभागी हुन दिने सहमति भएको छ । 


प्रतिक्रिया