कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ को मृत्यु, २८ घाइते

चैत्र ७, २०७९ | कैलाली

कैलालीको जोशीपुर गाउँपालिका–७ हजारीबारामा ट्रयाक्टर दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । से १ त ८८७० नम्बरको ट्याक्टर गएराति दुर्घटना हुँदा अन्य २८ जना घाइते भएका छन् । दुर्घटनामा परि घाइते भएका भजनी ९ की चाहाना चौधरी र दिलरानी चौधरीको घोडाघोडी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदीप चन्दले बताउनुभयो । 

बर्दगोरिया गाउँपालिका ६ सुगरखालका आफन्तको घरबाट पास्नी भोज खाएर भजनी नगरपालिका ९ कुणीतर्फ फर्किने क्रममा अनियन्त्रित भएर उक्त ट्याक्टर दुर्घटनामा परेको थियो । चालक सुरज चौधरी फरार रहेको प्रहरीको भनाई छ । 


प्रतिक्रिया