बाराका दुई स्थानीय तहद्वारा शिक्षामा बजेट विस्तार

चैत्र ९, २०७९

बाराका अधिकांस स्थानीय तहहरुले शिक्षामा बजेट छुट्याउँदा छात्रवृत्ति, खाजा, भौतिक पुर्वाधारअन्तर्गत विद्यालयको पर्खाल, भवन, शौचालय, फर्निचर निर्माणमा बजेट विनियोजन गर्ने गरेका छन् । तर दुई स्थानीय तहले यसपाली भने फरक ढंगले वजेट विस्तार गरी अन्य शीर्षकमा बजेट विनियोजन गरेका छन् । 

कलैया र जीतपुरसिमरा उपमहानगर पालिकाले चालु आर्थिक बर्षमा शिक्षाको स्तर बढाउन अतिरिक्त बजेट पनि विनियोजन गरेको पाइएको हो । शिक्षाको गुणस्तर बढाउन, सिकाई स्तर बढाउन, अध्यापनमा अब्बल बनाउन बालबालिका र शिक्षकमुखी बजेट विस्तार गरेको ती स्थानीय तहले जनाएका छन् । 

जीतपुरसिमरा उपमहानगरपालिकाले भौतिक पुर्वाधार, छात्रवृत्ति र खाजाबाहेक अन्य विभिन्न शिर्षकमा यस बर्ष थप साढे ५५ लाख अतिरिक्त वजेट विनियोजन गरेको छ । यस्तै कलैया उपमहानगरपालिकाले समेत पालिकाका ७२ वटा विद्यालयका लागि प्रअ बैठक, विद्यालयहरुको शैक्षिक संगालो पाश्र्वचित्र प्रकाशन, अंग्रेजी माध्यमको किताब वितरण, शिक्षकहरुको क्षमता विकास, शिक्षहरुको प्रोत्साहनका लागि सम्मान, तालिम लगायतमा ६० लाख बजेट विनियोजन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले बताउनुभयो । 


प्रतिक्रिया