बाघको दिगो संरक्षण प्रमुख चुनौती

चैत्र ११, २०७९ | बर्दिया

राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशक डा. महेश्वर ढकालले बढेको र समस्याग्रस्त बाघको दिगो संरक्षण नै प्रमुख चुनौती भएको बताउनुभएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको आयोजनामा आजबाट सुरु भएको तीन दिने बाघ सम्बन्धी राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै महानिर्देशक ढकालले राहत सँगसँगै बीमा योजना लागू गर्नुपर्नेमा जोड दिनुभयो ।

मानव वन्यजन्तु द्वन्द्व न्यूनिकरणका लागि पीडित परिवारलाई आश्रित कार्यक्रम ल्याउनु पर्नेमा उहाँले जोड दिनुभयो । लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयका सचिव उद्धव घिमिरेले स्थानीय तहले मानव वन्यजन्तु व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो ।

बर्दिया राष्ट्रिय निकुञ्जका पूर्व संरक्षण अधिकृत रमेश कुमार थापाले जैविक मार्ग संरक्षणमा सरकारले बजेट नदिँदा समस्या आएको बताउनुभयो । गोष्ठी भोलिसम्म चल्ने छ ।


प्रतिक्रिया