आगलागीमा परि सल्यानमा एकजनाको मृत्यु

फाईल फोटो  

चैत्र १२, २०७९ | सल्यान

सल्यानको कुमाख गाउँपालिका ४ भण्डारखोला स्थित शंकर रानाको घरमा रहेको किराना पसलमा आगलागी हुदा गम्भिर घाईते भएका पाँच मध्ये एकको मृत्यु भएको छ ।

भारतको लखनउमा उपचार हुन नसकेपछि नेपाल ल्याइएका २६ का यज्ञ रानाको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताउनुभयो ।

आगलागीबाट घरधनी बर्ष २४ का शंकर राना, २६ का यज्ञ राना, २१ का जीवन राना, २० का सन्जीव शाह र १८ का क्षेत्रमनी राना गम्भिर घाईते भएका थिए ।

अन्य ४ जनाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । 


प्रतिक्रिया