सम्बन्धति निकायले चासो नदिदा बर्दियामा पुल निर्माणमा ढिलाई

चैत्र १६, २०७९ | बर्दिया

बर्दियाको बारबर्दिया र गुलरिया नगरपालिका जोड्ने बबई नदीस्थित जब्दीघाटमा नयाॅ पुल निर्माणमा भौतिक पूर्वधार तथा यातायात मन्त्रालयको उदासिनताले गति लिन सकेको छैन । 

गत पुस महिनामा जब्दीघाटमा नयाॅ पुल निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढेपनि सम्बन्धति निकायले चासो नदिएका कारण पुल निर्माण ढिलाई भएको हो । ८६ करोड लागतको करिब ४ सय मिटर लम्बाई रहने पुलको थप प्रक्रीया अघी बढ्न नसकेको हो ।

जब्दीघाटमा यस अघि पप्पु कन्स्ट्रशनले निर्माण गरेको पुल ०७४ साउन २८ गते भासिएको थियो । भासिएको सो पुल ०७९ असोज २० गतेको बाढीले बगाएपछि दुई पालिकाका बासिन्दा प्रभावित भएका छन् । 

पुल भासिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेकेदार कम्पनीका सञ्चालक हरी नारायण रजौरियासहित १३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । ति मध्ये चार जना बाहेकका कर्मचारीलाई निलम्बन गरि बिगो सहित सजायको फैसला गरेको डिभिजन सडक कार्यालय नेपालगन्जले जनाएको छ ।


प्रतिक्रिया