कर्णाली प्रदेशका मुख्य मन्त्रीलाई विश्वासको मत प्राप्त

चैत्र १७, २०७९

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रोपटक विश्वासको मत प्राप्त गर्नु भएको छ । प्रदेशसभाकोअ ाज बसेको बैठकमा उहाँको पक्षमा ३८ जना सांसदले विश्वासको मत दिएका थिए । विपक्षमा राप्रपाको १ मतमात्र खस्यो । यसअघि विश्वासको मत नदिएको कांग्रेसले यो पटक भने विश्वासको मत दियो ।

गत पुस १० गते एमालेसहितको गठबन्धन बन्दा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, स्वतन्त्र, एकीकृत समाजवादी केन्द्रका २६ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा शर्मा नियुक्त हुनु भएको थियो । तर केन्द्रमा पुरानै गठबन्धन बनेपछि राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिंदा मुख्यमन्त्री शर्माले पुन: विश्वासको मत लिनु परेको हो ।


प्रतिक्रिया