बसको ठक्करबाट बझाङमा एक बालकको मृत्यु

चैत्र १८, २०७९ | बझाङ

बसको ठक्करबाट बझाङमा एक बालकको मृत्यु भएको छ । बालकको मृत्युपछि घटनास्थल तनावग्रस्त बनेको छ । बसको ठक्करबाट सुर्मा गाउँपालिका–३ का धन बहादुर बोहराका छोरा ३ वर्षीय सरगमको मृत्यु भएको हो ।

सडकमा खेलिरहेका सरगमलाई सुदूरपश्चिम प्रदेश ०२–००१ ख १११९ नम्बरको बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालक बैतडीको पुरचौडी नगरपालिका–५ का गणेश बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया