रसुवागढी नाकाबाट भित्रिदै पर्यटक

चैत्र २५, २०७९ | रसुवा

रसुवागढी नाका पुर्ण रुपमा खुलेसंगै चिनियाँ पर्यटक आउन थालेका छन् । ३८ महिनादेखि ठप्प रहेको रसुवागढी नाका दुईतर्फी गत शनिबारबाट संचालन आएसंगै चिनियाँ पर्यटक आउन थालेका हुन् । नाका खुलेको एक सातामा ९२ चिनियाँ पर्यटक नेपाल भित्रिएको अध्यागन कार्यालयले जनाएको छ । 

यस्तै, ९१ जना पर्यटक रसुवागढी नाका हुँदै चीन फर्केका छन् । दैनिक १५ देखि २० जनाको हाराहारीमा पर्यटक भित्रिने रसुवाका अध्यागमन अधिकृत कृष्णप्रसाद पौडेलले बताउनुभयो । २०७२ बैशाख १२ गतेको भूकम्पले सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि चिनियाँ पर्यटकले नेपाल प्रवेशको लागि रसुवागढी नाकाको प्रयोग गर्दै आएका छन् । 


प्रतिक्रिया