पाल्पामा डढेलो नियन्त्रणको प्रयास जारी

वैशाख ८, २०८० | पाल्पा

पाल्पाको अगाहा–खोला क्षेत्रको जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । रम्भा गाउँपालिका–३, पिपलडाँडाको जबुवाबा हिजो दिउँसो सुरु भएको डढेलो नियन्त्रणको प्रयास भईरहेको हाम्रा सहकर्मीले जनाएका छन् । 

डढेलोले दुई घर, तीन गोठ जलेर नष्ट भएका छन् । स्थानीय र प्रहरीको सक्रियतामा नजिकका अन्य बस्ती जोगाउने प्रयास जारी छ ।

भीर र ठूलो जंगल भएका कारण डढेलो नियन्त्रणमा लिन समस्या भएको छ । 

रुङगा, थानकुन क्षेत्रमा समेत डढेलो लागेको पिपलडाँडा प्रहरी चौकीले जनाएको छ । 

पाल्पाकै रम्भा गाउँपालिका–५, ताहुँ क्षेत्रको जंगलमा लागेको डढेलो धोवादी, हुमिनतर्फ लागेको छ । झण्डै ५० घर रहेको ताँहु र थाकखोलाको बस्ती भने डढेलोबाट जोगिएको छ । डढेलो नियन्त्रणको प्रयास जारी छ ।


प्रतिक्रिया