गुणस्तरहीन दूध बिक्री गर्ने रामेछापका डेरी कारबाहीमा

वैशाख १५, २०८० | रामेछाप

गुणस्तरहीन दूध बिक्री वितरण गर्ने रामेछापको मन्थलीमा सञ्चालित तीन वटा डेरी कारबाहीमा परेका छन् । 

अनुगमनका क्रममा गुणस्तरहीन दूध बिक्री वितरण गरेको पाइएपछि मन्थलीस्थित अमृत डेरी, रामेछाप डेरी र चिरञ्जीवी डेरीलाई जिल्ला प्रशासन कार्यालयले कारबाही स्वरुप १५ हजार रुपैयाँ तिराएको हो । 

ती डेरीमा रहेको दूधको परीक्षण गर्दा न्यूनतम फ्याट र सीएनएफ नभेटिएपछि कारबाही गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले जानकारी दिनुभयो । 

उहाँका अनुसार उपभोक्ताको गुनासोको आधारमा मन्थलीका डेरीहरुमा अनुगमन गरिएको हो । गुणस्तरको बारेमा फेरि पनि गुनासो आएमा कडा कारबाही गरिने प्रशासन कार्यालयले चेतावनी दिएको छ ।


प्रतिक्रिया